साउदी लिगमा ब्रुनेको चासो, युरोप छाडेर फुटबल खेलाडी धमाधम साउदीतिर
काठमाडौँ- म्यानचेस्टर सिटीबाट खेलिरहेका बेल्जियममा प्ले मेकर केभिन डी ब्रुने साउदी लिगमा जाने संकेत गरेका छन् । ब्रुनेको सिटीमा अर्को सिजनसम्म सम्झौता रहेको छ ।
उनले साउदी लिगमा जान आफु खुला रहेको बताउँदै यसको कारण पैसा भएको बताएका छन् । ३२ वर्षीय ब्रुनेले बेल्जियमको पत्रिकासँगको अन्तरवार्तामा आफु साउदी जान खुला रहेको बताएका हुन् ।
उनले सिटीमा प्रतिसाता ३ लाख ८३ हजार डलर पारिश्रमिक पाउछन् ।
ब्रुनेले आफु दुई सिजन खेलेमा युरोपमा १५ वर्ष खेले बराबरको पैसा पाउने उल्लेख गर्दै सिटी पछि साउदी जान सक्ने बताए । तर उनले अहिले नै साउदी जाने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन् ।
साउदी लिगले ब्रुनेलाई भित्र्याउनेबारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ । क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छाडेर साउदी गएका छन् । जसमध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया