फुटबल

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इकागज |
फागुन २४, २०८० बिहीबार ७:१३ बजे

काठमाडौँ- म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।

गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित क्वार्टरफाइनलमा पुगेको हो। 


यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३-१ को नै नतिजा निकालेको थियो।

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन्।


Author

थप समाचार
x