फुटबल

लेस्टर सिटी प्रिमियर लिगमा बढुवा

इकागज |
बैशाख १५, २०८१ शनिबार ८:७ बजे

काठमाडौँ- लेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।

च्याम्पियनसीपअन्तर्गत दोस्रो स्थानको लिड्स युनाइटेडले पराजय भोगेपछि शीर्ष स्थानमा रहेको लेस्टर प्रिमियर लिगमा बढुवा भएको हो ।


शुक्रबार रातिको खेलमा लिड्सले क्विन्स पार्क रेन्जर्ससँग ४-० गोलअन्तरको पराजय भोगेको थियो ।

२४ टिमको सहभागिता रहेको च्याम्पियनसीपमा लेस्टरले ४४ खेलबाट ९४ अंक जोडेको छ । दोस्रो स्थानको लिड्सको ४५ खेलमा ९० अंक छ ।


Author

थप समाचार
x