फुटबल

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इकागज |
बैशाख २५, २०८१ मंगलबार ९:९ बजे

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।


क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक मिचेलले एक एक गोल गरेका थिए ।

यो जितपछि क्रिस्टल प्यालेस ३६ खेलमा ४३ अंकसहित १४ स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडलाई भने यस हारले धक्का लागेको छ । अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन नसकेपनि युरोपा लिगमा समेत अब छनौट हुन मुस्किल देखिएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।


Author

थप समाचार
x