दल

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिद्वारा दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

इकागज |
जेठ ५, २०८१ शनिबार १८:४३ बजे

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौँमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरू रहेका छन् ।


त्यस्तै देशभरी भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरू अन्तर्गत जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुर्तिवाङ, असार १ गते लालबन्दी र असार ४ गते काठमाडौँको माइतीघरमा जनप्रदर्शन गर्ने भएको छ ।


Author

थप समाचार
x