फुटबल

एमबाप्पेले नेदरल्यान्ड्सविरुद्ध खेल्ने वा नखेल्नेमा फ्रान्स अनिश्चित

इकागज |
असार ५, २०८१ बुधबार ११:५९ बजे

काठमाडौँ- यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा कायलियन एमबाप्पेले नेदरल्यान्ड्सविरुद्ध खेलमा मैदान उत्रने वा नउत्रनेमा फ्रान्स अझै अनिश्चित अवस्थामा रहेको छ ।

यूरो कपअन्तर्गत समूह चरणको पहिलो खेलमा अस्ट्रियाविरुद्ध फ्रान्सले १-० को जित निकाल्दा एमबाप्पेको नाकमा चोट लागेको थियो ।


त्यसपछि २५ वर्षीय स्ट्राइकर एमबाप्पेलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

फ्रेन्च फुटबल फेडेरेसनले भने एमबाप्पेले नेदरल्यान्ड्सविरुद्ध खेल खेल्न सक्ने वा नसक्नेबारे आज जानकारी गराउने जनाएको छ ।

फ्रान्सले आगामी शनिबार नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।

यसअघि एमबाप्पेको नाकको शल्यक्रिया नभएका कारण उनलाई मास्क प्रयोग गर्न लगाएर मैदान उत्राने फेडेरेसनले जनाएको थियो ।


Author

थप समाचार
x