फुटबल

युरोकप : स्वीट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

इकागज |
असार ६, २०८१ बिहीबार ८:१४ बजे

काठमाडौँ- जारी युरोकप अन्तर्गत स्वीट्जरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।

गएराति भएको खेलमा समुह ए अन्तर्गत स्वीट्जरल्याण्ड र स्कटल्याण्ड एक एक गोलको बराबरीमा रोकिएका हुन् ।


खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्वीट्जरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि स्वीट्जरल्याण्डको समुह ए मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले जुन २४ मै हंगेरीको सामना गर्ने छ ।


Author

थप समाचार
x