फुटबल

लुकाको गोलमा स्लोभेनियासँग हारबाट जोगियो सर्बिया

इकागज |
असार ७, २०८१ शुक्रबार ७:१० बजे

काठमाडौँ- सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

स्लोभेनियाको जितमा खेलको ६९औं मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट शुरुवाती अग्रता हासिल गरेको थियो । तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए ।


पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको स्लोभेनिया यो खेलमा पनि बराबरीमा रोकिएपछि २ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै सर्बियाले भने दोस्रो खेलमा एक अंक हासिल गरको छ ।

अब समुह चरणको अन्तिम खेलमा स्लोभेनियाले जुन २६ मा इङल्याण्डको सामना गर्ने छ भने सर्बियाले सोहि दिन डेनमार्कविरुद्ध खेल्ने छ ।


Author

थप समाचार
x