फुटबल

युइएफए च्याम्पियन्स लिग : पहिलो लेगमा सिटी र लिभरपुल विजयी

इकागज |
चैत २३, २०७८ बुधबार ६:३८ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्‍वार्टरफाइनल खेलमा मंगलबार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्‍यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । 


बाँकी समय दुवै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले  एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ ।

अर्को खेलम लिभरपुलले बेन्फीकामाथि ३-१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे ।

पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे   ।

अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।


Author

थप समाचार
x