सुशासन

टीआई नेपालको माग - ‘स्वार्थ बाझिएका मन्त्रीबारे तत्काल निर्णय लिइयोस्’

इकागज |
माघ ११, २०७९ बुधबार १२:५९ बजे

काठमाडौंं – ट्रान्सपरेन्सी इ्रन्टरनेसनल (टीआई) नेपालले नवगठित मन्त्रिपरिषद्‍मा स्वार्थ बाझिएकै व्यक्तिहरू नियुक्त भएको विषयमा तत्काल निर्क्यौल गर्न माग गरेको छ । प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिइनुपर्ने माग उसको छ ।

टीआई बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘लोकतान्त्रिक मुलुकहरूमा सार्वजनिक पदमा नियुक्त हुने पात्र छनौट गर्दा स्वार्थ बाझिएको छ वा छैन भनी हेर्ने सामान्य प्रचलन हो । त्यसमा पनि मन्त्रिपरिषद् राज्य संरचनाको सबभन्दा उच्च तह हो, जसको राज्य सञ्चालनका नीतिगत निर्णयमा महत्वपूर्ण भूमिका हुन्छ ।’


टीआई अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी वक्तव्यमा भ्रष्टाचार विरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जन अपेक्षा निराशातर्फ धकेलिने देखिने उल्लेछ । ‘लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरूप मन्त्रिपरिषद्का सदस्यहरूले आफू संलग्न रहेको संस्था, कम्पनी, शेयर कारोबार, आफूसँग भएका चल–अचल सम्पत्ति अविलम्ब सार्वजनिक गर्नुपर्छ’ वक्तव्यमा भनिएको छ, ‘सुशासन खातिर पनि मन्त्रिपरिषद् र यसका सदस्यहरू आफैं निःशर्त कानून पालन गर्न अग्रसर हुनुपर्छ र नीति, निर्णय एवम् कानूनी प्रक्रिया प्रभावित हुन सक्ने कुनै पनि कार्य–व्यवहारबाट पृथक् रहनुपर्छ ।’


Author

थप समाचार
x