सरकार

त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

मूलपानीलगायत क्रिकेट रंगशाला निर्माण कार्य तीब्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धता

इकागज |
चैत ३, २०७९ शुक्रबार १०:१४ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् । शुक्रबार बिहान विजेता खेलाडीहरूलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् । 


आधुनिक फ्लटलाइट नहुँदा बिहीबार नेपाल र युएईबीचको खेल डिएल म्याथडबाट टुंग्याउनु परेको थियो । 

प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कारसमेत घोषणा गरेका छन् ।


Author

थप समाचार
x