सरकार

न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने

इकागज |
जेठ १५, २०८० सोमवार १७:१५ बजे

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने व्यवस्था गरिने बताएका छन् । 

आगामी आर्थिक वर्षको आयव्यय विवरण संघीय संसदको संयुक्त बैठकमा पेस गर्दै अर्थमन्त्री डा. महतले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने बताए । उनले अनलाइन मार्फत कम्पनी खोल्न र बन्द गर्न सकिने व्यवस्था गरिने पनि बताए ।



Author

थप समाचार
x