सरकार

मन्त्रिपरिषद् बैठक

रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित

इकागज |
साउन ३०, २०८० मंगलबार १८:३५ बजे

काठमाडौँ- सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारित भएसंगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने उनले बताए ।


त्यस्तै बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेको टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ भने अहिलेसम्म उक्त ढुङ्गालाई संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्री ज्वालाले बताए ।

बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको मन्त्री ज्वालाले बताए ।


Author

थप समाचार
x