सरकार

मन्त्रिपरिषद् बैठक

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

इकागज |
भदौ २१, २०८० बिहीबार १८:१ बजे

काठमाडौँ- सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।


बैठकले शिक्षा ऐन संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ भने स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले तेजाब तथा अन्य रासायनियक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेस गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

 


Author

थप समाचार
x