सरकार

एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

इकागज |
मंसिर १९, २०८० मंगलबार २१:१९ बजे

काठमाडौँ- सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ ।​ मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकपछि बोल्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

उनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरका प्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रिपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताइन् । उनले समिति कति सदस्य बन्ने भन्ने टुंगो लागि नसकेको बताइन् । उनले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको जिकिर गरिन् ।


मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन् ।

 


Author

थप समाचार
x