सरकार

मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रम दाहाल

इकागज |
पुस ३, २०८० मंगलबार १७:१४ बजे

मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रम दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् ।​ मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तो गरी काम गर्न नसकेको बताएका हुन् । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको जिकिर गरे ।


प्रधानमन्त्री दाहालले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि माथि उठाएको दाबी गरे । आफू नेपालको कूटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रामक ढंगले अगाडि बढेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरूको प्रकृतिअनुरूप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको उल्लेख गरे ।


Author

थप समाचार
x