सरकार

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुँदैन : प्रधानमन्त्री दाहाल

इकागज |
पुस १०, २०८० मंगलबार १७:५४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका छन् ।

मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका हुन् । उनले संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने बताए । अब मेरिटोक्रेसी सुरु हुने र त्यसको प्रस्थान विन्दु त्रिभुवन विश्वविद्यालय हुने उनले बताए ।


प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहु आयामिक कदम चाल्ने जिकिर गरे ।

उनले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु नहुने भन्दै यसको निम्ति सरोकारवाला सबैको साथ चाहेको बताए । यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताए ।

 


Author

थप समाचार
x