सरकार

सरकारको काममा मेरो हुटहुटीअनुसारको परिणाम आएको छैन : प्रधानमन्त्री दाहाल

इकागज |
पुस १०, २०८० मंगलबार १७:५७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको बताएका छन् ।

मंगलबार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरूप हुन नसकेको स्वीकार गरेका हुन् । उनले सरकार असफल भने नभएको बताए ।


उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उनले आगामी दिनमा आफू पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनै पनि बाहिरी कार्यक्रममा नजाने बताए । उनले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए ।

प्रधानमन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताए ।


Author

थप समाचार
x