सरकार

जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री दाहाल

इकागज |
पुस १०, २०८० मंगलबार १८:० बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताएका छन् ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताए । उनले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताए । उनले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताए ।


उनले भने, ‘जाजरकोट, रुकुम भुकम्पपछि खोज र उद्धारमा सरकारले लिएको तदारुकताले पनि राज्यप्रति जनताको भरोसा बढाएको छ । भूकम्पका कारण आवास क्षति भई बसोबास गर्न अयोग्य परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरी २ अर्ब २६ करोड निकासी गरियो । साथै चालु आर्थिक वर्षका लागि संसदीय क्षेत्र विकास पूर्वाधारका लागि विनियोजन गरिएको रकम ८ अर्ब हाललाई भूकम्प पछिको पुन:निर्माण तथा पुनःउत्थानमा खर्च गर्ने र थप रु. एक अर्ब ७५ करोड समेत सो कोषमा थप गरी रु. १० अर्ब विपद् व्यवस्थापनका लागि गराइँदैछ । अब एक महिनाभित्र अस्थायी पुनःनिर्माणको काम सम्पन्न गरिसकिनेछ ।’

उनले जाजरकोट र रुकुमको भुकम्पपछि खोज र उद्धारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गरे ।

 


Author

थप समाचार
x