सरकार

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैन : प्रधानमन्त्री

इकागज |
पुस १०, २०८० मंगलबार १८:८ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसिरहन जरुरी नभएको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरूले पनि पद ओगटेर बस्न नहुने बताए । उनले मन्त्रीहरूप्रति संकेत गर्दै हरेकले आ-आफ्नो भूमिकालाई न्याय हुने गरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताए ।


प्रधानमन्त्री दाहालले संघीयतालाई वास्तविक रूपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिबद्ध रहेको समेत बताए । 


Author

थप समाचार
x