सरकार

चालु आर्थिक वर्षको चैत्रभित्र दूध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री दाहाल

इकागज |
पुस १०, २०८० मंगलबार १८:१२ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दूध किसानहरूको बक्यौता रकम भुक्तानी हुने बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताए । उनले कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।


Author

थप समाचार
x