सरकार

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त

इकागज |
माघ १८, २०८० बिहीबार १२:५६ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रौतहटका उमाशंकरलाई सदस्य पदमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका सहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको शर्माले बताइन् । 



 


Author

थप समाचार
x