सरकार

सहरी विकास मन्त्रालयको सचिवमा गेलालको सरुवा

इकागज |
माघ २३, २०८० मंगलबार १५:३९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । 

यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 



Author

थप समाचार
x