सरकार

गृह मन्त्रालयले भन्योः जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन

इकागज |
माघ २९, २०८० सोमबार १२:४३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सरकारले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदा नदिने भएको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय अनुसार विदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना गरी फागुन १ गते बिदा नभएको प्रष्ट पारेको छ ।



Author

थप समाचार
x