सरकार

सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा छाड्दैन : गृहमन्त्री श्रेष्ठ

इकागज |
फागुन १९, २०८० शनिबार १५:५५ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन् ।

रोटरी क्लब अफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताएका हुन् ।


उनले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरे पनि सरकार पछि नहट्ने जिकिर गरे ।

ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए । राजनीतिक पहुँच भएकै भरमा जेपनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवाहरू नफर्किने गरी विदेशीने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए । 


Author

थप समाचार
x