सरकार

कर्णालीमा कांग्रेसका तीनै जना मन्त्रीहरूले दिए राजीनामा

इकागज |
फागुन २२, २०८० मंगलबार १६:२७ बजे

काठमाडौँ- कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, स्वास्थ्यको विषय हेर्ने सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।


केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन्। तीनै जनाले राजीनामा प्रदेश प्रमुखलाई समेत बुझाइसकेका छन् ।


Author

थप समाचार
x