सरकार

संसद्‌मा प्रधानमन्त्रीको जवाफ : सरकारको पुनःगठनसँगै धेरैले जवाफ पाए

इकागज |
फागुन २४, २०८० बिहीबार १२:५४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको बताएका छन् । बिहीबार संसद्‌मा यसअघि सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

'राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्' प्रधानमन्त्री प्रचण्डले भने 'उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ ।'



Author

थप समाचार
x