सरकार

२६७४ जना शहिदको सूची राजपत्रमा प्रकाशित, कुन जिल्लाबाट को-को थपिए ? (नामसहित)

इकागज |
फागुन २६, २०८० शनिबार ११:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले  राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका २६७४ जना शहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । २०८० पुस २४ गतेको निर्णयअनुसार शहिद घोषणा गरिएको नाम गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरूलाई सम्मान स्वरुप शहिद घोषणा गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो ।


तत्कालिन राज्य र विद्रोही पक्षबाट मारिएका तत्कालिन माओवादी नेता/कार्यकर्ता, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल प्रहरीलाई सूचीमा समावेश गरिएको छ ।


Author

थप समाचार
x