सरकार

मन्त्रिपरिषद् बैठक

सरकारले संघीय संसद्‍को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिइने

इकागज |
चैत ३०, २०८० शुक्रबार १५:४१ बजे

काठमाडौँ- सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन वैशाख २ गते मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । कांग्रेसको अवरोधका कारण नभई बजेट अधिवेशन आह्वानका लागि केही समय आवश्यक भएकाले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताइन् ।


त्यस्तै बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको शर्माले जानकारी दिइन् ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष एवं सदस्य नियुक्ति सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । त्यस्तै बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको उनले बताइन् ।

त्यस्तै बैठकले संयुक्त राष्ट्र संघको ओहाया राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले व्यक्तिविशेषलाई केन्द्रित गरेर संसदीय छानबिन समिति गठन गर्न प्रमाण चाहिने भएपनि राजनीतिक पूर्वाग्रहमा राखेको माग पूरा गर्न नसकिने स्पष्ट पारिन् । 


Author

थप समाचार
x