सरकार

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

इकागज |
बैशाख १०, २०८१ सोमबार १६:४५ बजे

काठमाडौँ- कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपरान्ह ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।


कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।


Author

थप समाचार
x