सरकार

सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने

इकागज |
बैशाख १०, २०८१ सोमबार १७:५० बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिइन् ।


त्यस्तै बैठकले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन बिकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्रैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायबाट पोखरा महानगरमा हुने हरित परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९ दशमलव  ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनःस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सह-लगानी हुन सक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय गरेको उनले बताइन् ।

त्यस्तै बैठकले सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौँ निवासी पुजा श्रेष्ठलाई चार वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको छ । 


Author

थप समाचार
x