सरकार

सहकारी विकास बोर्डको सदस्य सचिवमा डा‍. खगराज खड्का नियुक्त

इकागज |
भदौ ७, २०८१ शुक्रबार १५:१२ बजे

काठमाडौँ - सरकारले सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा खगराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

भाद्र ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । 


बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका सर्तको पालना गर्ने गरि हटाउने निर्णय गरेको छ भने विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 

बैठकले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिब ५ विघा जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए। 

त्यस्तै बैठकले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९ सय ७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरेको छ ।  


Author

थप समाचार
x