राजनीति

नयाँ सरकारमा को-को बन्दैछन् मन्त्री ?

इकागज |
फागुन २१, २०८० सोमबार १३:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- भागबण्डा टुंग्याउनका लागि नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।


आज तीन जना मन्त्रीले सपथ लिनेछन् । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । 

नेकपा एमालेबाट पदम गिरीलाई मन्त्री बनाउने पक्का भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डीपी अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने तयारी छ ।


Author

थप समाचार
x