समाजलाई अगाडि बढाउन संस्कृतिकाे महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह
धादिङ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिकाे महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लाेकसांस्कृतिक महाेत्सवमा सम्बाेधन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।
'हाम्राे समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ,´ उपप्रधानमन्त्री सिंहले भने, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले साँस्कृतिक महाेत्सवहरू मनाइरहनुपर्छ ।´
उनले भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नाे संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जाेड दिए । लाेकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नाे कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्राे वातावरण बनेकाे पनि बताउनुभयाे । लाेक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरेकाेमा उनले प्रशंसा पनि गरे ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाकाे पूर्वाधार विकासमा संङ, प्रदेश र स्थानीय तीनै तहकाे सरकारले मिलेर काम गर्ने बताए । ` आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछाैं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछाै,´ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया