सरकार

तिहारमा सुरक्षा व्यवस्था थप कडा पार्न गृहमन्त्रीको निर्देशन

इकागज |
कात्तिक १५, २०७८ सोमबार २३:२ बजे

काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुत पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने अपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।

बैठकले चाडबाडका बेला भीडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । यसअघि पनि भीडभाड नियन्त्रण हुन नसक्दा कोभिड १९ संक्रमण बढेको र अव कोभिडलाई बढ्न नदिन सवै सुरक्षा अंगहरुले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए । स्वास्थ्य सर्तकता र संक्रमण बढ्न नदिने बिषयमा नै छलफल केन्द्रित भएको उनको भनाई छ ।


बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगाएत सवै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो । 


Author

थप समाचार
x