खाडी

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

इकागज |
भदौ ११, २०७९ शनिबार १६:४७ बजे

काठमाडौँ -  नेपाली जन प्रगतिशील मञ्चको आयोजनामा युनाइटेड अरब इमिरेट्सको सहर दुबईमा भव्य 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक जानकारी दिएको छ ।

नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइने पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पुर्ण चेलीहरूलाई मनोरञ्जन गराउ कार्यक्रम आयोजना गरिएको नेपाली जन प्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।  सेप्टेम्बर ४ तारिख आइतबारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष सास्कृतिक कार्यक्रम हुने उनले जानकारी दिए ।


कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएको छ । प्रवासमा रहेका नेपाली चेलीहरुलाई मनोरञ्जन दिन तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जन प्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा युएईका विभिन्न राज्यबाट एकहजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको ठगुन्नाले बताए  । 

कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका  जन गायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाइस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने तीज विशेष कार्यक्रमका संयोजक नबिन दोङ्ले जानकारी दिए । नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने दोङ्ले बताए। कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको  र अहिले टिकट बिक्रि, कार्यक्रम व्यवस्थापन लगायतका काम भइरहेको उनले बताए ।


Author

थप समाचार
x