स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्योः दरबन्दीभन्दा बढी कर्मचारी भएका स्थानीय तहलाई तलब भत्ता दिन्‍नौँ

इकागज |
साउन ३०, २०७९ सोमवार २०:४० बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमतिको आधारमा समायोजन भएका स्वीकृतभन्दा बढी दरबन्दीका कर्मचारी भएमा स्थानीय तहलाई तलब तथा भत्ता निकासा नगर्ने भएको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी समायोजन भएका वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भइ आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दी भित्रको रिक्त पद तथा तहका लागि मात्र उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।


समायोजन भइ दोहोरो सहमतिको आधारमा कर्मचारी समायोजन भएका भन्दा बढी कर्मचारीलाई कतिपय स्थानीय तहले फिर्ता पठाउन थालेको गुनासो बढेपछि आज मन्त्रीस्तरीय निर्णय गरेको हो ।

स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूलाई सम्बन्धित स्थानीय तहले राखी आवश्यक तलब भत्ताको व्यवस्था गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Author

थप समाचार
x