स्वास्थ्य

७० वर्ष कटेकाले चिकित्सा शिक्षा पढाउन नपाउने

इकागज |
भदौ २, २०७९ बिहिवार १७:३६ बजे

काठमाडौँ- आगामी ५ वर्ष पछि ७० वर्ष कटेका चिकित्सकहरूले अध्ययन/अध्यापनमा सामेल हुन नपाउने भएका छन् । चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धी मापदण्ड २०७९’मा उक्त व्यवस्था राखिएको छ ।

नयाँ मापदण्डको १४ नम्बर बुँदामा शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थामा अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँच वर्षपछि चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षकको (शिक्षक/फ्याकल्टी) को उमेर ७० वर्षभन्दा बढी नहुने उल्लेख छ। 


चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले 'उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यता सम्बन्धी मापदण्ड, २०७९' तयार पारेको हो।

नयाँ मापदण्डको १४ नम्बर बुँदामा शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थामा अन्यत्र जेसुकै लेखिएको भए तापनि यो मापदण्ड लागू भएको पाँच वर्षपछि चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत सबै विधाका शिक्षकको (शिक्षक/फ्याकल्टी) ) को उमेर ७० वर्षभन्दा बढी नहुने उल्लेख गरिएको छ।

यसअघि भने शिक्षकको उमेर हद डेन्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएको थियाे ।


Author

थप समाचार
x