स्वास्थ्य

बुधबार ठमेलको 'एलओडी' मा कोभिडविरुद्धको खोप लगाइने

इकागज |
भदौ ७, २०७९ मंगलबार १७:४७ बजे

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको सहकार्य र 'एलओडी' क्लब संयुक्त आयोजनामा एक दिने कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

बुधबार २ देखि ६ बजेसम्म खोप अभियान सञ्चालन हुने भएको हो । 'लर्ड अफ द' ड्रिङ्क्सको प्राङ्गणमा खोप अभियान कार्यक्रम सञ्चालन हुनेछ । पहिलो पटक खोप लगाउनेले साथमा नागरिकता र दोस्रो पटक लगाउन जानेले खोप कार्ड अनिवार्य लानुपर्ने छ ।


साथै हालसम्म कोभिडविरुद्धको खोप नलगाएकालाई क्लबले खोप लगाउन पनि आग्रह गरेको छ । क्लबले 'सामाजिक काममा हाम्रो प्रतिबद्धता' सहित एक दिनको खोप अभियान चलाएको हो । व्यवसायप्रति प्रतिबद्ध रहँदै सामाजिक काममा दायित्व रहेको क्लबले प्रस्ट पारेको छ ।

क्लबले सबैलाई स्वस्थ्य राख्नुपर्ने दायित्व रहेकाले पनि खोप अभियान सञ्चालन गरेको हो । ठमेल क्षेत्रमा काम गर्ने खोप नलगाएका सबै नागरिकलाई खोप लगाउन क्लबले अपिल गरेको छ ।

कोभिडविरुद्धको खोप लगाइ सुरक्षित रहँदै पर्यटकीय गतिविधि बढाउनु मुख्य उद्देश्य रहेको छ । ठमेलको विभिन्न व्यवसायिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई पनि खोप लगाउन अनुरोध गरेको छ ।

कोभिड महामारीपछि पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदै गएको अवस्थामा खोपले सुरक्षित रहन थप सहयोग पुग्ने उनीहरूले विश्वास गरेका छन् ।

 

 


Author

थप समाचार
x