स्वास्थ्य

प्रदेश अस्पतालमा नयाँ प्रविधिबाट पत्थरी निकालिने

लक्ष्मी भण्डारी |
कात्तिक २६, २०७७ बुधबार १४:३ बजे

कर्णाली प्रदेश अस्पतालमा भित्रिएको होल्मियम लेजर प्रविधि सेवालाई परिक्षण गर्दै अस्पतालका सर्जन डाक्टर डम्बर खड्कालगायत ।

सुर्खेत : कर्णाली प्रदेश अस्पतालले पत्थरी भएका बिरामीहरुको उपचारका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको छ । मृगौलाको पत्थरी निकाल्नका लागि डेढ करोडको लागतमा लेजर प्रविधि मेसिन भित्र्याएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।

होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीलाई सेवा प्रवाह गर्नमा थप सहज हुने अस्पतालका निर्देशक खड्काको भनाई छ । उनका अनुसार यस प्रविधिले ढुङ्गालाई  धुलो बनाई सिँधै पिसाबका माध्यमबाट बाहिर पठाउने गर्छ । 


काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा मेसिन भित्र्याउने पहिलो अस्पताल रहेको अस्पतालका चिफ कन्सल्टेन्ट सर्जन डा. गणेश थापाले जानकारी दिए । ‘उपत्यका बाहिर यो प्रविधिबाट उपचार गर्ने कर्णाली प्रदेश अस्पताल पहिलो हो,’ थापाले भने, ‘काठमाडौंको वीर अस्पताल पछि कर्णालीमा यो प्रविधि भित्रिएको छ । अन्य प्रदेशका सरकारी अस्पतालमा यो सुविधा छैन ।’

यस प्रविधिको प्रयोग काठमाडौंको वीर अस्पताल पछि कर्णाली प्रदेशमा भित्रिएको थापाले बताए । अस्पतालमा मेसिन आइसकेको र मंसिर महिनादेखि मेसिनबाट काम सुरु गरिने थापाले जानकारी दिए ।  ‘यस प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं,’ थापाले भने,‘यस प्रकारको प्रविधिको माध्यमबाट दुर्विनबाट लेजर मेसिन मृगौलामा पठाउने र मृगौलामा भएका पत्थर धुलो बनाउने गरिन्छ ।’

यसबाट मृगौलाको पथ्थरीको अप्रेसनसँगै क्यान्सर र ट्युमरहरुको अप्रेसन गर्न मिल्ने डा. थापाले जानकारी दिए । ‘यस प्रविधिको प्रयोग गरेर उपचार गर्दा मृगौलामा घाउहरु नहुने हुन्छ र बिरामीहरु उपचार गरेको एक दिनमै घरमा जान सक्ने छन् ।’

मृगौलामा पत्थरी भएका कर्णालीका नागरिक अप्रेशन गर्नुपर्ने झण्झटले बिरामी त्यसै बस्ने बाध्य भएका थिए । लेजर पद्धतीबाट पथ्थरी निकाल्ने प्रविधि नहुँदा कतिपय नागरिकहरु शरीरमा ढुंगा बोकेर बस्ने गरेका थिए ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x