स्वास्थ्य

अक्सिजन सकिएपछि ५ संक्रमितको मृत्यु

इकागज |
बैशाख २९, २०७८ १६:५७ बजे

बुटवल : कोभिड-१९ विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भइरहेका संक्रमितलाई दिइरहेको अक्सिजन सकिएपछि उनीहरूको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

नाम उल्लेख नगर्दै आग्रह गर्दै एकजना चिकित्सकले अवस्था यस्तै रहे योक्रम अझै मृत्युदर बढ्ने बताए । कोभिड विशेष अस्पतालमा बुधबार बिहान आउनु पर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोहि समयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहिबेर अगाडी मात्र अक्सिजन सिलिण्डर झरेको छ ।



Author

थप समाचार