स्वास्थ्य

विराटनगर महानगरले दुई अस्पतालबाट डेंगीको निःशुल्क परीक्षण गर्दै

इकागज |
साउन २३, २०८० मंगलबार १७:३५ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- विराटनगर महानगरपालिकाले डेंगी परीक्षण निःशुल्क गर्ने भएको छ । महानगरपालिका अन्तर्गत रहेको अस्पताल वैजनाथपुर र रानी अस्पतालमा डेंगी निःशुल्क परीक्षण भइरहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

डेंगी रोकथाम तथा नियन्त्रण गर्न निःशुल्क परीक्षणको व्यवस्था गरिएको अलीले बताए । अस्पतालको डाक्टरको सल्लाहअनुसार किटबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको उनले बताए ।



Author

थप समाचार
x