स्वास्थ्य

वीरको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

इकागज |
पुस १६, २०८० सोमबार १९:१६ बजे

 

काठमाडौँ- वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो ।


अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ ।

रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाँससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन् ।

 


Author

थप समाचार
x