स्वास्थ्य

मन्त्री बस्नेतको गुनासो : स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले धेरै काम गर्न सकिएन

इकागज |
पुस २०, २०८० शुक्रबार १७:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकिएको गुनासो गरेका छन् ।

शुक्रबार विराटनगरमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्दै मन्त्री बस्नेतले उपलब्ध स्रोत साधनका बाबजुद पनि स्वास्थ्य क्षेत्रको सुधारका काम गरिरहेको बताए । उनले स्थानीय तहहरूले १० प्रतिशत मात्र बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएमा जनतालाई स्वास्थ्य सेवा दिन सहज हुने भनाइ राखे ।


मन्त्री बस्नेतले तीन तहको सरकारले स्वास्थ्य संस्था चलाउने प्रावधानका कारण स्वास्थ्य क्षेत्रमा अन्योल देखिएको तर्क गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरूले प्रत्येक पालिकामा बनाउने भनिएको अस्पताल बजेट अभावमा अझै निर्माण हुन नसकेको र पर्याप्त जनशक्ति समेत नभएको गुनासो गरेका छन् ।


Author

थप समाचार
x