स्वास्थ्य

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’

इकागज |
माघ २१, २०८० आइतबार १३:२६ बजे

काठमाडौँ- विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सरोकारवाला सवै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।  


Author

थप समाचार
x