स्वास्थ्य

आजदेखि देशभर दादुरा-रुवेलाको खोप लगाइँदै, काठमाडौँ अतिसंक्रमित जिल्ला

इकागज |
फागुन १३, २०८० आइतबार ७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- आजदेखि दादुरा–रुवेलाको खोप देशभर रूपमा लगाइँदैछ ।

जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।


सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँच जना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौँमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।

विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुँदैछन् ।

काठमाडौँका १० स्थानिय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भएपनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा २२५ जना सङ्क्रमित र एक जनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x