स्वास्थ्य

जेन स्पामा ६३ जनाकाे निःशुल्क दन्तपरीक्षण

इकागज |
फागुन १७, २०८० बिहीबार २०:२३ बजे

काठमाडौँ - काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा निःशुल्क दन्त परीक्षण सञ्चालन गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ चाक्सीवारीस्थित जेन स्पा सेन्टरमा विदेशी डाक्टरद्धारा निःशुल्क दन्त परीक्षण गरिएको हो ।


सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुका दन्त विभाग प्रमुखसमेत रहेकी जर्मनी डाक्टर साइवेली केलरले दन्त परिक्षण गरेकी हुन्ए । उक्त कार्यक्रममा ६३ जनाले दन्त परीक्षण गरेको जेन स्पाका सञ्चालक रामदेव महतोले जानकारी दिए । 

ञ्चालक महतोका अनुसार संस्थाको सार्वजनिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा ठमेल क्षेत्रका पर्यटन व्यवसायी जेन स्पामा कार्यरत सञ्चालक, कर्मचारी साथै सेवाग्राहीले दन्त परीक्षणको सेवा लिएका थिए । 


Author

थप समाचार
x