स्वास्थ्य

एमालेले देखायो स्वास्थ्य मन्त्री प्रदीप यादवलाई १६ बुँदे प्राथमिकता

इकागज |
जेठ ९, २०८१ बुधबार १६:३७ बजे

काठमाडौँ- नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र गर्नु पर्ने कामको प्राथमिकता उल्लेख गरी स्वास्थ्य मन्त्री प्रदीप यादवको ध्यानाकर्षण गराएको छ । पार्टीका स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको प्रतिनिधि मण्डलले मन्त्री यादव समक्ष १६ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

सो पत्रमा केही स्वास्थ्यको नीतिगत समस्या, स्वास्थ्यकर्मीहरूका समस्या र रोगको रोकथामका लागि गर्नुपर्ने कामका बारेमा उल्लेख गरिएको छ ।


‘संविधानले मौलिक हकको रुपमा स्थापित गरेको स्वास्थ्य जनताले भने महँगो शुल्क तिरेर उपचार सेवा लिनुपर्ने बाध्यता छ । स्वास्थ्य बीमा प्रभावकारी ढंगले चल्न सकेको छैन ।

स्थानीय तहमा निर्माण सुरु भएका आधारभूत अस्पतालहरू सम्पन्न गर्ने र सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था के छ ? मन्त्रालय र अन्तरगर्तका निकायमा सम्बन्धित अनुभवीलाई हटाउने र पहुँचको भरमा विषय नमिल्ने पदाधिकारीहरूलाई प्रमुख बनाउने परम्परा छ, यी विषयहरूलाई तत्काल सच्याउनु पर्दछ भनेर भन्यौँ,’  प्रतिनिधि मण्डलमा सहभागी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतमले नेपाली हेल्थलाई भने ।

डा गौतमले आफूहरूसँग मन्त्री यादवले पनि कर्मचारी सरुवा बढुवामा पक्षपात पूर्ण व्यवहार नहुने, सही व्यक्तिलाई सही ठाउँको जिम्मेवारी दिने लगायतका प्रतिवद्धता जनाएको उल्लेख गरे ।

उनले मन्त्री यादवले जनशक्ति नभएको ठाउँमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल सुरु गरिसकेको बताएको भन्दै सुधार गर्नु पर्ने कामको विवरण अध्ययन गरी थप कदम चाल्ने आश्वासन दिएको समेत सुनाए ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र


Author

थप समाचार
x