स्वास्थ्य

अनुदानकाे खोप समयमा नदिने कोभ्याक्ससँगै खोप किन्‍ने तयारीमा सरकार

अतिन आचार्य |
असार १३, २०७८ आइतबार १८:३९ बजे

काठमाडौँ : छिमेकी मुलुक भारतसँग खरिद गरेको खोप पाउन ढिला भएपछि र कोभिड-१९ संक्रमणका कारण ९ हजार भन्दा बढीको मृत्यु भइसकेपछि मुलुकभित्र खोपको अत्यधिक माग रहेकाले सरकार खोप खरिदका लागि तीव्र रुपमा लागिपरेको छ ।

कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका करिब १५ लाख मानिस रहँदा कोभिड संक्रमणको उच्च जोखिम बढ्ने भएकाले पनि खोप खरिद गर्न सरकारले कोभ्याक्स सुविधा अन्तर्गतबाट खोप पाएको पाँच महिना पछि कोभ्याक्सँगै खोप खरिद गरिने प्रक्रिया अघि बढाएको छ ।


कोभ्याक्समा विभिन्‍न मुलुकले उत्पादित खोप एकै ठाउँमा राखेर बिक्री गर्छन् ।  यसअघि नेपालले कोभ्याक्स कार्यक्रमबाट नेपालमा फागुन ७ गते खोप पाएको थियो । सरकारले कोभ्याक्स अन्तर्गत निशुल्क खोप पाउन ढिला भएपछि खरिद गर्न तयारी गरेको हो । मुलुकमा कोभिडविरुद्धको खोपको आवश्यकता बढ्दै गएको र अन्य विधिबाट तत्कालै खोप पाउने अवस्था नरहेकाले सरकारले कोभ्याक्ससँग खोप खरिदका  लागि छलफल अघि बढाएको छ । कोभ्याक्स कार्यक्रमबाट २० प्रतिशत खोप निशुल्क पाउने भए पनि अन्य खोपका लागि खरिद गर्नलाई तयारी गरेको हो ।

नेपालमा कोभिडविरुद्धको खोप कोभ्याक्स कार्यक्रमबाट पाउने अवस्था रहदा पनि तत्कालै महामारीको समयमा नआउने जस्तै निश्‍चित छ । कोभ्याक्स सुविधाबाट खोप प्राप्‍त गरेमा पनि  सन् २०२२ सम्ममा नेपालमा खोप आउने भएको छ । तत्काल खोप पाउने अवस्था नरहेकाले विभिन्न माध्यमबाट खोप पाइने भएकाले कोभ्याक्सबाट खोप खरिद गरिने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका डा. तारानाथ पोख्रेल बताउँछन् । विश्‍व बैंक र एशियाली विकास विकास बैंकबाट उपलब्ध रकमबाट खोप खरिद गर्न लागिएको उनले जानकारी दिए ।

खोप खरिदका लागि आइतबार स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित स्वास्थ्य मन्त्रालयको विभिन्न महाशाखा प्रमुखको उपस्थितिमा कोभ्याक्सबाट खोप खरिद गर्न छलफल अघि बढेको डा. पोख्रेलले जानकारी दिए । कोभ्याक्सबाट कति खोप  खरिद गरेर ल्याउने त्यस अहिले यसै भन्‍न सकिने अवस्था नरहेको उनले बताए ।

कोभ्याक्सबाट अन्य मुलुकसँग खरिद गरिने मूल्य भन्दा सस्तो रेटमा खोप पाउने पोख्रेलको दाबी छ । खोप पाउने निश्‍चित भएमा कोभ्याक्स खोप वितरण गर्ने मुलुकसँग दोहोरो पत्र आदानप्रदान भएपछि मात्र खोपको मूल्य निर्धारण गरिने उनको भनाइ छ । कति खोप खरिद गरिन्छ, कुन-कुन कम्पनीबाट उत्पादित खोप ल्याइन्छ त्यो अहिले अन्तिम भइनसकेको उनले बताए ।

'कुन कम्पनीको खोप ल्याउने निश्‍चित छैन'

सरकारले यसअघि कोभ्याक्ससँग खोप खरिद गर्ने निर्णय गरिसकेकाले अब प्रक्रिया अगाडि बढाउन् लागिपरेको उनको भनाइ छ । हालसम्म कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप पाइसकेको छ । कोभ्याक्सबाट नेपालले २० लाख पाउनुपर्ने छ । तर हालसम्म करिब ४  लाखको हाराहारीमा मात्र खोप पाएको छ । कोभ्याक्स सुविधाबाट निःशुल्क पाउने खोपका लागि यहीँ सातामा पत्र पाउने उनको पोख्रेलको भनाइ छ । साउनको दोस्रो सातासम्ममा कोभ्याक्सको खोप नेपाल आउने उनले प्रस्ट पारे ।

'कति परिमाणमा खोप आउने अहिले थाहा हुदैन,' पोख्रेल भन्छन,' कोभ्याक्स सुविधाबाट आएको खोप कोभिसिल्डको पहिलो डोज लगाएकाले पाउछन् ।' कुन-कुन मुलुकबाट उत्पादित खोप आउने अहिलवे सबै थाहा नहुने उनको भनाइ छ । उनका अनुसार बेलायत, डेनमार्क र कोरियामा पनि अष्ट्राजेनिकाको खोप उत्पादन हुने गरेको छ । पोख्रेलले अन्य मुलुकसँग पनि खोप खरिद गर्न र उत्पादक कम्पनीसँग विभिन्न माध्यमबाट छलफल चलिरहेकव बताए । विशेषगरी कूटनैतिक तवरबाट खरिद प्रक्रिया अघि बढाएको उनको दाबी छ । कूटनैतिक तवरबाट दुवै मुलुकले एकआपसमा बसी मूल्य निर्धारण गर्न सक्ने उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x