स्वास्थ्य

उपत्यकामा मास्क नलगाएले सार्वजनिक सवारीमा यात्रा गर्न नपाउने

इकागज |
साउन २६, २०७८ मंगलबार १८:५ बजे

काठमाडौँ –उपत्यकामा मास्क नलगाएका यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्न नपाउने भएका छन् । सवारीसाधनका चालक र सहचालकले मास्क, पञ्‍जा, भाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र जनस्वास्थ्यको मापदण्ड उल्लघंन गरेमा काठमाडौँ जिल्ला प्रशासन कार्यलय कारबाही गर्ने भएको छ ।

दैनिक सवारीसाधन सञ्चालन गर्नुअघि स्यानिटाइज गर्नुपर्ने र ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।


सफा टेम्पुमा ९ जनाभन्दा बढी यात्रु राख्न नपाइने र प्लाष्टिकको छेकबार लगाउनुपर्नेछ । उपत्यकाभित्र र बाहिर संचालनमा आउने मध्यम र लामो दुरीका सवारीले पनि स्वास्थ्यको मापदण्ड पूर्णपालना गर्नुपर्ने छ ।

त्यस्तै, सार्वजनिक र निजी निर्माणका लागी सामग्री ढुवानी बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र संचालन गर्नुपर्ने प्रशासनले बताएको छ । काठमाडौँ उपत्यकामा साउन २८ गतेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा थपिएको छ ।


Author

थप समाचार
x